काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को सचिवालय कब्जा गरेर काम गर्दै आएका बद्री केसी फेरि अदालत पुगेका छन् । उनी उच्चस्तरीय समितिका संयोजक डा शेष घलेलाई एकता महाधिवेशनबाट रोक्ने उद्देश्यका साथ अदालत पुगेका हुन् ।
उनले वैशाख २० देखि तय भएको एकता महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा शुक्रबार रिट दर्ता गराएको उच्चस्तरीय समितिका एक अधिकारीले बताए ।
ती अधिकारीका अनुसार शुक्रबार मुद्दाको पेसी रहेको छ । यसअघि केसीकै अनुनय विनयका आधारमा महान्याधिवक्ताको कार्यालयले सर्वोच्चमा ६ महिना मिति सार्न निवेदन पेस गरेको थियो । तर, सो निवेदनविरुद्ध राजेश शमशेर राणाले दायर गरेको रिटमा सर्वोच्चले मिति सार्नेबारे कुनै आदेश नदिएपछि केसी फेरि रिट बोकेर पुगेका हुन् ।
सरकारलाई नै मिति सार्न अनुरोध गरेर परराष्ट्रमार्फत चिठी लेखाउने केसीले अहिले मुद्दा सरकारलाई नै विपक्षी बनाएर दायर गरेको समितिका ती अधिकारीको भनाइ छ ।
सर्वोच्चको परमादेशअनुसार एकताको महाधिवेशन हुन लाग्दा केसीले एकपछि अर्को मुद्दा हालेका हुन् ।
केसीले कैयन मुद्दा अदालतमा हालेका छन् । ती मुद्दा सर्वोच्चदेखि उच्च अदालतसम्म छ । यसरी मुद्दा हाल्न केसी पक्षले कसरी पैसा जुटाएको छ भन्ने चासो अगाडि आएको छ । स्रोतका अनुसार केसीले कोषको पैसा व्यापक दुरुपयोग गरेर मुद्दामामिलामा खर्च गरिरहेका छन् । उनले मुद्दा मामिलामा मात्रै कोषको करोडौँ खर्च गरिरहेका हुन् । जवकि एकता महाधिवेशनलाई चुनौती दिँदै संस्था विभाजनमा उनले यसरी खर्च गरिरहेका हुन् ।
एनआरएनएका एक अभियन्ताले भने–, ‘कोषमा ३० करोड भन्दा बढी पैसा थियो । त्यसको व्यापक दुरुपयोग भइरहेको छ ।’ केसीले यसरी मुद्दा मामिला गरिरहेपनि उच्चस्तरीय समितिका संयोजक शेष घलेले भने परमादेशलाई कसैले रोक्न नसक्ने स्पष्ट गर्दै आफ्नो कामकारबाही अघि बढाइरहेका छन् । उनले एकता महाधिवेशन भइछाड्ने भन्दै कुनै पनि किसिमको भ्रममा नपर्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ बैशाख २०८२, २१ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तालाचावी बुझाइन्न, फेरि कानुनी उपचार खोजिन्छः डा बद्री केसी
एनआरएनएको एकता भाँड्न जापान पुगे बद्री केसी
बद्री केसीलाई एनआरएनए अध्यक्षको मान्यता दिने सर्वोच्चको फैसला