काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले विभिन्न कोषहरूमा रहेको ३ अर्ब ८४ करोड ३८ लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैङ्कले बुधवार राती १२ बजेसम्म आवेदन दिन आग्रह गरेको छ । मुद्दती निक्षेपमा मे १७, २०२५ देखि मे १७, २०२६ सम्म ३६६ दिनका लाग राखिने समेत राष्ट्र बैङ्कले जानकारी दिएको छ ।
राष्ट्र बैङ्कले सोमबार एक सूचना जारी गर्दै उक्त रकम लगानी गर्न लागेको जनाएको छ । केन्द्रीय बैङ्कले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न सूचना मार्फत आग्रह गरेको छ।
राष्ट्र बैङ्कले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न चाहेको बताएको छ । राष्ट्र बैङ्कका अनुसार ‘क’ वर्गका वाणिज्य बैङ्कमा ३ अर्ब ७ करोड ५२ लाख, ‘ख’ वर्गका बैङ्कले ५७ करोड ६५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १९ करोड २१ लाख बराबरको रकम मुद्दती निक्षेपमा राख्ने जनाएको छ ।
त्यसको लागि बैङ्क केही शर्तहरु लागू हुने पनि जनाएको छ । जसमा बैङ्कको तोकिएको न्यूनतम पुँजीकोष कायम भएको, बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको र निष्क्रिय कर्जा (एनपीएल) अनुपात ८ प्रतिशत र खुद निष्क्रिय कर्जा (खुद एनपीएल) अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने लगायत सर्त राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ बैशाख २०८२, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गभर्नर नियुक्ति प्रक्रिया : के गर्दैछ छनोट समिति ?
बैङ्किङ क्षेत्रको ३० अर्ब तान्दै राष्ट्र बैङ्क
यो वर्ष अर्थतन्त्र सकारात्मक तवरले अगाडि बढ्छ : गभर्नर अधिकारी
बचतपत्र धनीहरूलाई यथाशीघ्र भुक्तानी लिन राष्ट्र बैङ्कको आह्वान