सरकारले बिचौलिया र दलालहरूको पक्षपोषण गरिरहेको छ: महासचिव गुरुङ

सफल खबर संवाददाता

शुक्रबार, १२ बैशाख २०८२, १४ : ०१
सरकारले बिचौलिया र दलालहरूको पक्षपोषण गरिरहेको छ: महासचिव गुरुङ

file Photo

‎सुर्खेत । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले बिचौलिया र दलालहरूको पक्षपोषण गरिरहेको आरोप लगाएका छन्। ‎‎शुक्रबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।‎

नेपाल विद्युत् प्राधिकरणमा ‎कुलमान घिसिङ जस्ता काम गर्न सक्ने सक्षम  कर्मचारीलाई कारबाही गर्ने याे सरकारले द्वन्द्व निम्त्याउने काम गरिरहेको उनको भनाइ थियो। ‎‎'सरकारकाे बेथितिले जनतामा नैराश्यता पैदा गरायो,' उनले भने, 'शिक्षक आन्दोलन र शिक्षा विधेयकप्रति सरकारले निकम्मापना देखायो।' ‎साथै उनले सरकार जनताको अभिभावक बन्न नसकेको पनि बताए।

 

प्रतिक्रिया दिनुहोस