बेलायती राजकुमारमाथि यौन दुर्व्यवहारको आरोप लगाउने महिलाको निधन

एजेन्सी

शनिबार, १३ बैशाख २०८२, १५ : ५१
बेलायती राजकुमारमाथि यौन दुर्व्यवहारको आरोप लगाउने महिलाको निधन

लण्डन । बेलायती राजकुमार एन्ड्रयू र जेफ्री एपस्टाइनमाथि यौन दुर्व्यवहारको आरोप लगाउने भर्जिनिया गिफ्रेले ४१ वर्षको उमेरमा आत्महत्या गरेको उनको परिवारले पुष्टि गरेको छ।

गिफ्रे दोषी ठहरिएका यौन अपराधी एपस्टाइन र उनकी पूर्व प्रेमिका घिसलेन म्याक्सवेलमाथि सबैभन्दा स्पष्ट आरोप लगाउनेहरूमध्ये एक थिइन्। उनले १७ वर्षको उमेरमा उनलाई ड्यूक अफ योर्क एन्ड्रयूलाई बेचबिखन गरिएको आरोप लगाएकी थिइन् । यो आरोप राजकुमार एन्ड्रयूले अस्वीकार गर्दै आएका छन्।

शुक्रबार एक विज्ञप्तिमा आफन्तहरूले उनी ‘यौन दुर्व्यवहार विरुद्धको लडाईमा एक योद्धा’ भएको जिकिर गरेका छन् । ‘यौन दुर्व्यवहार र यौन बेचबिखनको जीवनभर शिकार भएपछि उनले आत्महत्या गरेर आफ्नो ज्यान गुमाइन्,’ उनको परिवारको तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस