काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिमा जे पनि हुनसक्ने बताएका छन् । गोरखा बारपाक पुगेका ‘प्रचण्ड’ले गोरखाबाट निर्वाचित भएको आफू प्रधानमन्त्री र सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशका मुख्यमन्त्री एकै पटक भएको स्मरण गरेका छन् ।
पाण्डे काँग्रेसबाट गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका हुन् । गत चुनावमा काँग्रेस र माओवादीबीच चुनावी गठबन्धन भएको थियो । प्रचण्डले भने, गोरखाबाट निर्वाचित भएका उहाँ मुख्यमन्त्री र म प्रधानमन्त्री सँगै बन्यौँ । यहाँ फेरि केही काम बढाउने तयारी गर्दागर्दा हामी दुइटा पार्टी दुईतिर भयौँ । त्यसको समीक्षा त म अहिले गर्दिनँ । राजनीति हो के–के हुँदै जान्छ अहिले भन्न सकिँदैन । भोलि अर्कै हुन पनि सक्छ ।’
उनले गोरखाको विकासका लागि मुख्यमन्त्री पाण्डेसँग आफ्नो कुराकानी भइरहेको बताए ।उनले थपे, गोरखाको विकासको निम्ति सरकारमा सँगै भएपनि नभए पनि हामीले कसैलाई भेदभाव नगरी निर्वाचनमा गरेको प्रतिबद्धताअनुसार काम गर्नुपर्छ भन्नेमा तयार छौँ । उहाँ र मैले गरेको चुनावी प्रतिबद्धता पूरा गर्न हामी तयार छौँ ।
उनले प्रचण्डले जनताको भावना अनुसार गोरखामा काम गरेन भन्यो भने आफूलाई अन्याय हुने भन्दै कामको फेहरिस्त सुनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ बैशाख २०८२, १५ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले बिचौलिया र दलालहरूको पक्षपोषण गरिरहेको छ: महासचिव गुरुङ
नयाँ समीकरणको परिपक्व आधार बन्दैछ, देउवाजी फर्किएपछि थप कुरा हुन्छ : प्रचण्ड
‘जनतासँग माओवादी जागरण अभियान’ वैशाख १७ गते सकिने
बजेटलाई जनमुखी बनाउन दबाब दिने माओवादीको निर्णय
पञ्चायतकालीन अतिरिक्त सचिव अब चाहिंदैन : माओवादी केन्द्र
माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) सहयोग आदानप्रदान सम्बन्धमा समझदारी