शिक्षक आन्दोलनमा माओवादी केन्द्रको ऐक्यबद्धता

सफल खबर संवाददाता

सोमबार, १५ बैशाख २०८२, ११ : ५७
शिक्षक आन्दोलनमा माओवादी केन्द्रको ऐक्यबद्धता

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले शिक्षकहरूले एक महिनादेखि विभिन्न माग राखेर गरेको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै माओवादी नेता देवेन्द्र पौडेलले शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आन्दोलनका क्रममा प्रहरीले गरेको दमनको भर्त्सना गरे ।

उनले आन्दोलनका क्रममा घाइते भएका शिक्षक लगायतको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

प्रतिक्रिया दिनुहोस