नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते वाइफाइ विस्तार गर्ने

सफल खबर संवाददाता

विहीबार, ०६ माघ २०७८, १६ : ४५
नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते वाइफाइ विस्तार गर्ने

काठमाडौं । नेपाल टेलिकमले 4G LTE नमस्ते वाईफाई विस्तार गर्ने भएको छ । बुधवार नेपाल टेलिकम र साइबरनेटिक्स प्रा.लि.बीच सम्झौता सम्पन्न भएको छ । सम्पन्न सम्झौतामा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र साइबरनेटिक्स प्रा.लि.का सीईओ जेम्स न्याछ्योले हस्ताक्षर गरेका छन । 

4G LTE नमस्ते वाईफाईमार्फत नेपाल टेलिकमले हाल xfn Individual Package / Government Institution Package गरी दुई प्रकारका प्याकेजहरु उपलब्ध गराइरहेको छ । Individual Package अन्तर्गत होम ब्रोडव्यान्ड वेसिक रु. ८०० मा ६० न्द्य ३० दिनका लागि उपलब्ध छ । त्यसैगरी १ वर्षका लागि रु. ९००० मा ७२० GB प्याक उपलब्ध छ । यसलाई प्रतिमहिना ६० GB को दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ । यी दुवैमा एड अन प्याकको रुपमा रु. ४०० मा १५ दिनका लागि ६० GB प्याक लिन सकिन्छ । 

होम ब्रोडब्यान्ड प्रिमियम अन्तर्गत रु. १,२०० मा १२० GB प्याक ३० दिनको लागि उपलब्ध हुन्छ । त्यसैगरी १ वर्षका लागि रु. १३,५०० मा १,४४० GB प्याक उपलब्ध हुन्छ । यसलाई प्रतिमहिना १२० न्द्य को दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ । यी दुवैमा एड अन प्याकको रुपमा रु. ६०० मा १५ दिनका लागि १२० न्द्य प्याक लिन सकिन्छ । 

Government Institution Packageमा रु. ३,६५० र रु. २,१०० मा ३० दिनका लागि विभिन्न प्रकारका प्याकेजहरु उपलब्ध छन् । यी प्याकेजबाट अनलिमिटेड डाटा चलाउन सकिन्छ । वार्षिक र अर्धवार्षिक रुपमा एकमुष्ट प्याकेज लिने ग्राहकका लागि निश्चित छुटको समेत व्यवस्था गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस