काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवाको नेटवर्कमा समस्या देखिएको छ । आज बिहान केहीबेर नेपाल टेलिकमको मोबाइल फोन नलाग्ने र एसमएम नजाने लगायतका समस्या देखिएको हो ।
आज बिहान ११ बजेपछि टेलिकमका विभिन्न स्थानमा नेटवर्कहरुमा सेवा प्रभावित भएका थिए । टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार प्रणालीमा समस्या आउँदा केहीबेर नेटवर्क प्रभावित भएको हो । ‘समस्या समाधान गरेर सेवा सञ्चालनमा ल्याएका हौं,’ उनले भने ।
गत १० असारमा पनि टेलिकमको टेलिफोन नेटवर्कमा समस्या आएको थियो । नेपाल टेलिकमको सेवामा पटक–पटक यस्तो समस्या आउने गरेको छ । यसले सेवाग्राहीहरु मर्कामा पर्ने गरेका छन् ।
सेवामा समस्या आएकोबारे टेलिकमले वेबसाइट र सामाजिक सञ्जालमा समेत कुनै जानकारी दिने गरेको छैन । टेलिकमको पुरानो बिलिङसहितका विभिन्न प्रणालीहरु चुस्त रुपमा मर्मत सम्भार र अद्यावधिक नगर्दा सेवा रोकिने समस्या दोहोरिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ असोज २०८१, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पलाँतामा टेलिकमको टावर सञ्चालन
जुम्लाको पातारासीमा नेपाल टेलिकमको फोरजी सेवा
सुदूरपश्चिम टोलीलाई नेपाल टेलिकमद्वारा प्रायोजन
नेपाल टेलिकमको सेवा केहीबेर अवरुद्ध
नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा टेलिकमद्वारा १ करोड २ लाख सहयोग