नेपाल टेलिकमको खुद मुनाफा घट्यो

सफल खबर संवाददाता

विहीबार, ३१ साउन २०८१, १० : ०६
नेपाल टेलिकमको खुद मुनाफा घट्यो

काठमाडौँ ।  आर्थिक वर्ष २०८०/८१ मा नेपाल टेलिकमको नाफा घटेको छ । कूल आयमा कमीसँगै खुद मुनाफामा पनि कमी आएको हो ।

सो आर्थिक वर्षमा नेपाल टेलिकमको कूल आय ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रुपैयाँ छ। उक्त रकम अघिल्लो आर्थिक वर्ष २०७९/८० मा कूल ४४ अर्ब ४२ करोड ३६ लाख १८ हजार रुपैयाँ थियो। यस अनुसार नेपाल टेलिकमको कूल आय आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ८० करोड ६५ लाख अर्थात् ६.३२ प्रतिशतले कमी आएको छ।

नेपाल टेलिकमको कूल सञ्चालन आय पनि ४.९९ प्रतिशतले कमी आएको छ । आर्थिक वर्ष २०८०/८१ मा नेपाल टेलिकमको कूल सञ्चालन आय ३४ अर्ब ४६ करोड ११ लाख ३५ हजार रुपैयाँ थियो। उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १ अर्ब ८१ करोड ३ लाख १५ हजार रुपैयाँले कमी हो।

आर्थिक वर्ष २०७९/८० मा नेपाल टेलिकमको कूल सञ्चालन आय ३६ अर्ब २७ करोड १४ लाख ५० हजार रुपैयाँ थियो।

आय नै घटेकाले आर्थिक वर्ष २०८०/८१ मा खुद मुनाफा ६ अर्ब ६१ करोड ७७ लाख ७६ हजार रुपैयाँ मात्र छ। उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १ अर्ब ३० करोड २३ लाख ७८ हजार रुपैयाँले कम हो।

अघिल्लो आर्थिक वर्ष खुद मुनाफा ७ अर्ब ९२ करोड १ लाख ५५ हजार रुपैयाँ थियो।

 

Tags :  

प्रतिक्रिया दिनुहोस