काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा १७ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रालयले २२ जेठ दरखास्त आह्वान गरेको थियो । अन्तिम म्याद दिइएको मंगलबारसम्म १७ जनाले आवेदन दिएका हुन् ।
यसअघिका प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध १५ असोज २०८०मा नेसनल पेमेन्ट गेटवे प्रकरणमा भ्रष्टचारको मुद्दा चलेपछि उनी निलम्बनमा परेका थिए । त्यसपछि टेलिकमकी उपमहाप्रबन्धक संगीता पहाडी अर्यालले निमित्त महाप्रबन्धकको जिम्मेवारीमा छिन् ।
७ वैशाखमा पौडेललाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेसँगै टेलिकममा नयाँ प्रबन्ध निर्देशक नियुक्तिको प्रक्रिया सुरु भएको थियो ।तर, दरखास्त आह्वान गर्नुअघि नै प्रधानमन्त्री प्रचण्ड र सञ्चारमन्त्री शर्माले आफूअनुकूलका पात्रका लागि नियुक्तिको निर्देशिका नै हेरफेर गराइसकेका छन् ।
यो दरखास्त आह्वान गर्नुअघि टेलिकमका प्रबन्धक डा. विमल आचार्य र हाल जनक शिक्षा समाग्री केन्द्रका महाप्रबन्धक रहेका अनिलकुमार झालाई पायक पर्ने गरी नेपाल ‘दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधा सम्बन्धी निर्देशिका २०७८मा पहिलो संशोधन’ गरिएको थियो ।
प्रबन्ध निर्देशकका लागि आवेदन दिने १७ जनामा आचार्य र झा समेत छन् । यी २ बाहेक निमित्त प्रबन्ध निर्देशक रहेकी संगीता पहाडी अर्याल, राजेश जोशी, अनन्तप्रकाश मल्लिक, प्रेमप्रसाद सिलवाल, कृष्णप्रसाद भण्डारी, लक्ष्मण महर्जन, शालिकराम सुवेदी, डा. शालिग्राम पराजुली, कमल लामिछाने, सुवास साह, केदारनाथ कोइराला र बुद्धिप्रसाद आचार्यले आवेदन दिएका छन् । चिन्तामणि बराल, रमेशप्रसाद जोशी र नागेन्द्रकुमार दासले समेत आवेदन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ असार २०८१, १४ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल टेलिकमबाट भारतमा फोन गर्दा प्रतिमिनेट ३ रुपैयाँ ७६ पैसा लाग्ने
पलाँतामा टेलिकमको टावर सञ्चालन
जुम्लाको पातारासीमा नेपाल टेलिकमको फोरजी सेवा
सुदूरपश्चिम टोलीलाई नेपाल टेलिकमद्वारा प्रायोजन
नेपाल टेलिकमको सेवा केहीबेर अवरुद्ध
नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा