काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आठौं महाधिवेशनले अध्यक्ष र केन्द्रीय सदस्य टुंगो लगाए पनि पदाधिकारीको भने अझै टुंगो लगाउन सकेको छैन । सहमतिबाटै केन्द्रीय सदस्य चयन र अध्यक्ष चयन गरेको माओवादीलाई पदाधिकारी चयन भने पेचिलो बन्दै गएको हो ।
पदाधिकारीमा अध्यक्ष पछिको कार्यकारी पद महासचिव रहेको छ । अध्यक्षको प्रत्यासी कोही पनि नहुँदा महाधिवेशनको पहिलो केन्द्र्रीय कमिटीको बैठकबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्षमा पुनः सर्वसम्मत रुपमा निर्वाचित भइसकेका छन् । तर पदाधिकारी चयनमा पार्टीभित्र नेताहरूबीच दौडधुप चलिरहेको छ । महासचिवमा बर्षमान पुन, जनार्दन शर्मा र देव गुरुङ दाबेदारको रुपमा रहेका छन्।
१५ सदस्यीय पदाधिकारीमा अध्यक्षबाहेक बाँकी १४ जना पदाधिकारीको टुंगो लगाउन बाँकी रहेको छ । महाधिवेशनले २ सय ९९ जना केन्द्र्रीय सदस्यमध्ये अझै ६५ जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ ।
पहिलो केन्द्रीय कमिटीको बैठकले नै पदाधिकारीको टुंगो लगाउने तयार भए पनि नेता वर्षमान पुन चीनबाट उपचार गराएर स्वदेश फर्कने जानकारी गराएपछि बैठक केही दिनका लागि स्थगित गरिएको थियो । अब पुन स्वदेश फर्किएपछि मात्र माओवादीको केन्द्रीय कमिटीको बैठकको तय हुने बताइएको छ । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २२ पुस २०७८, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी विराटनगर सम्मेलनमा प्रचण्ड आउने
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा माओवादी केन्द्रका नेताहरु पुगे चीन
माओवादीद्वारा यी ८ बुँदे सर्कुलर जारी
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादीको उपाध्यक्षमा मनोनीत
तराई-मधेश जागरण अभियानमा फेरि होमियो माओवादी
पूर्वराजालाई तत्काल कारबाही गर्न माओवादीको माग