काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वराजा ज्ञानेन्द्र शाह कानूनभन्दा माथि नरहेकाले कारबाही गर्न सरकारसँग माग गरेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीकी सांसद रेखा शर्माले पूर्वराजाकै उक्साहटमा १५ गतेको घटना भएको दाबी गरिन्।
उनले भनिन्, ‘अहिले संविधान र कानूनभन्दा माथि कोही छैन। चाहे पूर्वराजा ज्ञानेन्द्र शाह हुन्, चाहे सामाजिक सञ्जालमा सक्रिय तर लुकेर बसेका दुर्गा प्रसाईं हुन्। सबैलाई कानूनी कारबाहीमा ल्याउन हाम्रो दलको तर्फबाट माग गर्छौँ।’
उनले अहिले व्यवस्थाबारे कुनै बहस गर्ने बेला नभएको भन्दै यही व्यवस्थालाई थप सुदृढ गर्न आफूहरू प्रतिबद्ध रहेको बताइन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ चैत्र २०८१, १३ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी विराटनगर सम्मेलनमा प्रचण्ड आउने
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा माओवादी केन्द्रका नेताहरु पुगे चीन
माओवादीद्वारा यी ८ बुँदे सर्कुलर जारी
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादीको उपाध्यक्षमा मनोनीत
तराई-मधेश जागरण अभियानमा फेरि होमियो माओवादी
सर्वदलीय बैठक बोलाउन माओवादीको सुझाव