विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर समितिले वैशाख ७ गते नगर सम्मेलन गर्ने भएको छ । उक्त सम्मेलनमा पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने भएका छन् ।
विराटनगर महानगर समितिले विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएको हो । विराटनगर आयल निगम दक्षिणमा रहेको शुभ ब्यान्केटमा हुने नगर सम्मेलनमा ३५६ जना प्रतिनिधि, ३५ जना पर्यवेक्षक, २५ जना स्वयंसेवक रहने नगर समितिका अध्यक्ष नवीन पौडेलले जानकारी दिए ।
सम्मेलनको बन्दसत्र वैशाख ८ गते हुने मण्डलले जानकारी दिए । सम्मेलनले ९९ सदस्य महानगर समितिको चयन गर्ने छ । महानगर अध्यक्षको लागि हालकी सचिव नमिता न्यौपाने र उपाध्यक्ष देव राजवंशीले दाबी गरेका छन् ।
दुई जनाबीच सहमति हुन नसके निर्वाचनबाट नेतृत्व चयन हुने माओवादीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ बैशाख २०८२, १३ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा माओवादी केन्द्रका नेताहरु पुगे चीन
माओवादीद्वारा यी ८ बुँदे सर्कुलर जारी
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादीको उपाध्यक्षमा मनोनीत
तराई-मधेश जागरण अभियानमा फेरि होमियो माओवादी
पूर्वराजालाई तत्काल कारबाही गर्न माओवादीको माग
सर्वदलीय बैठक बोलाउन माओवादीको सुझाव