काँग्रेसमा गाँड कोराकोर, लोभी बाुहन भन्दै रामचन्द्रको उछित्तो

शुक्रबार, १४ बैशाख २०७५, १८ : ०७
काँग्रेसमा गाँड कोराकोर, लोभी बाुहन भन्दै रामचन्द्रको उछित्तो

काठमाडोँ । आफूलाई लोकतन्त्रको दावी गर्ने तर व्यवहार र कार्यशैलीमा भने प्रजातान्त्रिक चरित्र नभएको पार्टीका रुपमा काँग्रेस परिचित छ । विगत एक सातादेखि काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक जारी रहेको छ । काँग्रेसका केन्द्रीय सदस्यले गत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा व्योहोरेको हारको कारण खोतल्न भन्दै आयोजना गरिएको बैठकमा आफू आफै गाँड कोराकोर गरिरहेका छन् ।
संस्थापन पक्षमा रहेको सभापति शेरबहादुर देउवा समूहले पार्टी निर्णयमा सधै असहमति जनाएर पार्टीलाई धारासायी बनाएको भन्दै नेता रामचन्द्र पौडेलको सत्तोसराप मात्रै गरेका छैनन्, शक्ति भए पार्टी छाडेर देखाउन समेत धम्की दिएका छन् । विशेष गरी काँग्रेस भित्र टुप्पाबाट पलाएका नेताकारुपमा चिनिएका डा प्रकाशशरण महत, बालकृष्ण खाँड जस्ता नेताले पौडेललाई लोभी बाहुन भन्दै होच्याएको र हिम्मत भए पार्टी छाडेर जान समेत चुनौती दिएको बताइएको छ ।
देउवालाई साइजमा ल्याउने भन्दै सुरु गरिएको बैठकमा पौडेल समूह आक्रामक रुपमा प्रस्तुत हुने भनिएपनि एका एक रक्षात्मक बन्न पुगेको छ । पौडेल समूह माथि संस्थापन पक्ष हावी हुन पुगेको छ । देउवा पक्षका नेताहरुले पौडेल पक्षलाई तथानाम गाली गलौजमा उत्रदा समेत उनीहरु रक्षात्मक बन्नुको पछाडि महामन्त्री शंसाक कोइरालाको दोग्ला चरित्रले काम गरेको पौडेल गुटका नेताहरुको भनाई छ । आगामी चौधौ महाधिवेशमा सबैलाई मिलाएर पार्टी सभापति बन्ने भन्दै कोइरालाले देउवाको विरोध गरेका छैनन् । १३औं महाधिवशेनमा कोइराला क्याम्पबाट नै चुनाव लडेका कोइराला पछिल्लोसमय देउवाको सहयोगी जस्तै बनेको बताइन्छ ।
कोइरालाले साथ नदिएपछि हामी रक्षात्मक बन्न पुग्यौ, अनेकन लान्छना लगाइएको छ, तर हुति नभएपछि केही लाग्दो रहेनछ, पौडेल पक्षका एक नेताले गुनासो गरे ।
उता देउवाले भने उपसभिापतीमा विमलेन्द्र निधि, महामन्त्रीमा डा प्रकशशरण महतलगायतलाई नियुक्त गर्ने तयारी गरेका छन् । महाधिवेश भएको लामो समय भईसक्दा समेत पदाधिकारी नियुक्त गर्न नसकेका देउवाले पौडेल पक्षलाई रक्षात्मक बनाएर पदाधिकारी नियुक्त गर्न लागेका हुन् । यस्तै उपसभापतिमा विजयकुमार गच्छदारले समेत इच्छा देखाएका छन् । उनलाई उपसभापति दिन नहुने भन्दै काँग्रेस भित्र चर्को विरोध भएको छ । युवा नेता भन्दै गगन थापाहरुले पनि देउवालाई नै सहयोग पुग्ने गतिविधि गरेको बताइएको छ । काँग्रेसमा विशेष महाधिवेशको माग उठेपनि तत्काल त्यो पूरा नहुने देखिएको छ । पौडेल पक्ष रक्षात्मक बनेको, शंसाक कोइराला द्वैध भूमिकामा देखिएको, गगन थापाहरुको राजनीति गर्ने शैली पिध नभएको लोटा जस्तो भएकाले सबैलाई पेलेर जाने मनस्थितीमा देउवा पुगेको काँग्रेस नेताहरुको दावी छ ।

 

प्रतिक्रिया दिनुहोस