भालुको पित्तसहित एक जना पक्राउ

रासस

विहीबार, १० भदौ २०७८, १३ : ०६
भालुको पित्तसहित एक जना पक्राउ

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–४ बाट प्रहरीले भालुको पित्तसहित एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ढोरपाटन नगरपालिका–४ हुन्द्रफेदीका ४० वर्षीय चित्रबहादुर शेरबुर्जा रहेको इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी निरीक्षक जयराम वन्तले बताए । 

उनका अनुसार दुर्लभ वन्यजन्तु भालुको पित्तको अवैध कारोबार भइरहेको प्राप्त सूचनाका आधारमा उनलाई करिब १८ ग्राम भालुको पित्तसहित बुधबार साँझ पक्राउ गरेको छ ।

आवश्यक अनुसन्धान र कानुनी कारवाहीका लागि उनलाई जिल्ला प्रहरी कार्यालयमा पठाइएको उनले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस