खोलाले बगाउँदा आमाछोराको मृत्युु

रासस

सोमबार, २५ साउन २०७८, १९ : ५१
खोलाले बगाउँदा आमाछोराको मृत्युु

सांकेतिक तस्वीर

काठमाडौं । दाङको ग्वार खोलाले बगाउँदा  आज आमाछोराको मृत्यु भएको छ । 

मृत्यु हुनेमा  तुलसीपुर उपमहानगरपालिका–४ सिम्लेनी निवासी ३५ वर्षीया अमृता घर्ती र उनका दुई वर्षीय छोरा रुद्र घर्तीे  रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

दिउँसो २ बजेतिर सिम्लेनीबाट पतेनी जाँदै गर्दा ग्वारखोलाको पतेनी घाट तर्ने क्रममा खोलाले बगाएर दुबै जनाको मृत्यु भएको हो । उनीहरुको शव दुई किलोमिटर तल भेटिएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस