काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल उपचारको लागि दिल्ल्ली प्रस्थान गरेका छन् । नर्भिक अस्पतालमा उपचार भइरहेको खनाललाई परिवारबाट थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित अपोलो लैजाने निर्णय भएपछि अस्पतालले डिस्चार्ज गरेको हो ।
लगातार ज्वरो आएसँगै सास फेर्न गाह्रो भएपछि उनलाई २ दिनअघि नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनको फोक्सोमा पानी जमेको अस्पताल स्रोतले जनाएको छ । फोक्सोमा पानी जमेका कारण अक्सिजनको कमी देखिएको थियो । उनलाई निरन्तर अक्सिजनकै सपोर्टमा राखिएको छ ।
पिसाब तथा रगतमा समेत इन्फेक्सन देखिएको थियो । दिल्ली उड्नुअघि पनि उनमा निरन्तर खोकी लागिरहेको पनि अस्पतालको विज्ञप्तिमा उल्लेख छ । मूलत नेता खनालमा मृगौलाको समस्याबाट हुने लक्षण र कोभिडपछि देखिने लक्षणहरु देखिएको चिकित्सकहरुको भनाइ छ ।
खनालको रगत र पिसाबमा समेत इन्फेक्सन देखिएको छ । खनालले पार्टीलाई फुटबाट जोगाउन तथा एकताबद्ध पार्न सबै नेता कार्यकर्ताहरूलाई विशेष आह्वान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ असार २०७८, १५ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षकहरूको माग सम्बोधन नगरे सरकारविरुद्ध जनआन्दोलन गर्ने झलनाथको चेतावनी
मोर्चाको जुलुसमा जान स्वास्थ्यले साथ दिँदैन : झलनाथ खनाल
महायज्ञ लगाउन दलित परिवारको उठिबास लगाउनेमाथि कारवाही गर्न माग
महिलामाथि हुने शोषणाविरूद्धको संघर्षलाई अझ सशक्त बनाउनुपर्छ : नेता खनाल
लोकतान्त्रिक शासन व्यवस्थाले सहिदको सपना पूरा गर्नुपर्छ : नेता खनाल
सुखानी हत्याकाण्ड अत्यन्त पाशविक थियो : पूर्वप्रधानमन्त्री खनाल