लोकतान्त्रिक शासन व्यवस्थाले सहिदको सपना पूरा गर्नुपर्छ : नेता खनाल

सफल खबर संवाददाता

बुधबार, २१ फागुन २०८१, १४ : १९
लोकतान्त्रिक शासन व्यवस्थाले सहिदको सपना पूरा गर्नुपर्छ : नेता खनाल

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले ‘झापा विद्रोह’का पाँच सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । 

आज विज्ञप्ति जारी गर्दै उनले सहिदको सपनालाई पूरा गर्न एकताबद्ध हुन आग्रह समेत गरेका छन् । विज्ञप्तिमा भनिएको, “सहिदको लक्ष्य वैज्ञानिक समाजवाद र समाजवादी लोकतान्त्रिक शासन व्यवस्था प्राप्ति थियो ।  सहिदहरूको रगत कहिल्यै खेर जान सक्दैन । उनीहरूको सपनालाई लोकतन्त्रले पूरा गर्नुपर्छ । हामीहरू एउटा सुन्दर, लोकतान्त्रिक र समृद्ध समाजवादी व्यवस्था तथा समाजवादी लोकतन्त्र प्राप्त गर्न सक्छौँ । तब मात्र हाम्रा वीर अमर सहिदहरूको सपनालाई साकार बनाउन सकिन्छ ।”