कोरोना अपडेट : पछिल्लो २४ घण्टामा ५ हजार २९३ जना संक्रमण मुक्त हुँदा ३ हजार ७४९ जना संक्रमित थपिए

सफल खबर संवाददाता

विहीबार, २७ जेठ २०७८, १७ : २६
कोरोना अपडेट : पछिल्लो २४ घण्टामा ५ हजार २९३ जना संक्रमण मुक्त हुँदा ३ हजार ७४९ जना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ४९ संक्रमित थपिएका छन् । यस्तै ५ हजार २ सय ९३ जना संक्रमण मुक्त हुँदा सोही अवधिमा ५९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको छ । 

यससँगै देशभर पीसीआर विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको कुल संख्या ६ लाख १ हजार ६८७ र एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको संख्या १७ हजार ७१४ पुगेको छ भने निको हुनेको कुल संख्या ५ लाख १५ हजार ५९१ पुगेको छ । यस्तै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार २३८ पुगेको छ ।