काठमाडौँ । पछिल्लो समय कोरोना भाइरस (कोभिड-१९)विषयमा नयाँ तथ्य सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र संसारभरका पाँच सय बढी वैज्ञानिकले अन्ततः कोभिड संक्रमण हावाबाट फैलिएको स्वीकार गरेका छन् ।
यस सम्बन्धमा अहिलेसम्म विभिन्न विज्ञहरूले विभिन्न दाबी गर्दै आएका थिए । यस सम्बन्धमा प्रमाणसहितका प्राविधिक कागजातहरू बिहीबार डब्ल्यूएचओको जेनेभा मुख्यालयबाट जारी गरिएको छ ।
डब्ल्यूएचओले प्राविधिक कागजातले दादुरा र भविष्यमा महामारीको खतरा जस्ता विद्यमान रोगहरूको प्रसारलाई राम्रोसँग व्यवस्थापन गर्न रणनीतिहरू बनाउन पनि जोड दिएको छ ।
कोभिड संक्रमण हावाबाट सर्ने सङ्क्रामक रोगको श्रेणीमा राख्न सकिने पनि उल्लेख गरिएको छ । भाइरस हावाबाट मानिसहरूमा पुग्ने र त्यसले संक्रमित गराउन मद्दत गर्ने निष्कर्ष पनि वैज्ञानिकहरूले निकालेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ बैशाख २०८१, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै
इजिप्टमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला