काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक अस्थिरताको स्थितिलाई सुधार्न प्रयत्न भइरहेको बताएका छन् ।
तुलसीराम स्मृति प्रतिष्ठानमा हिजो आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले राजनीतिक अस्थिरता चुनौती बनिरहेकाले यसलाई सुधार्ने प्रयास गरिरहेको बताएका हुन् ।
'राजनीतिक अस्थिरता चुनौती बनिरहेको छ । तर हाम्रो भविष्य सधैँ यस्तै रहन्छ भन्ने होइन,' उनले भने, 'हामी हाम्रो भविष्य सुधार्न चाहन्छौँ, सक्छौँ । सुधार्नुपदर्छ । त्यो हिसाबले सोच्नुपर्छ ।'
महासचिव पोखरेलले सार्वजनिक यातायात क्षेत्रलाई विश्वसनीय र भरपर्दो बनाउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० माघ २०८१, ०९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुकको विकासलाई सर्वोपरि मानेर सरकारले काम गरिरहेको छ: महासचिव पोखरेल
सरकार परिवर्तन गर्न अनेक षड्यन्त्र भइरहेका छन् : शङ्कर पोखरेल
विकास र समृद्धिका लागि एमालेको विकल्प छैन : महासचिव पोखरेल