काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक बर्षदेखि घरबाटै जग्गा दर्ता तथा नामसारी गर्न सकिने बताएका छन् । सबै मालपोत कार्यालयमा विद्युतीय प्रणालीमा आधारित जग्गा प्रशासन सम्बन्धी सेवा बिस्तार गरिने उनको भनाई छ ।
पौडेलले शनिवार प्रधानमन्त्रीको कार्यालयबाट आगामी आर्थिक बर्ष २०७८÷७९ का लागि बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् ।
जग्गा सम्बन्धी सबै अभिलेखको डिजीटल प्रविधि भू–अभिलेख सूचना प्रणालीबाट उपलब्ध गराइने उल्लेख गरे ।
यस्तै आगामी आर्थिक बर्षभित्र कित्ता नापी फिल्डबुक प्लट रजिष्टार सम्बन्धी सेवा विद्युतीय माध्यमबाट प्राप्त गर्न सकिने गरी मेरो कित्ता प्रणाली सबै जिल्लामा कार्यान्वयनमा ल्याइने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ जेठ २०७८, १७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको स्पष्ट नीति छ : अर्थमन्त्री पौडेल
सहकारीको आयकर पुरानै कायम गर्न प्रयत्न गर्ने अर्थमन्त्रीको प्रतिबद्धता
निर्माण व्यवसायीलाई भुक्तानी रोकिँदैन : अर्थमन्त्री पौडेल