निर्माण व्यवसायीलाई भुक्तानी रोकिँदैन : अर्थमन्त्री पौडेल

सफल खबर संवाददाता

बुधबार, ०२ साउन २०८१, १५ : ०६
निर्माण व्यवसायीलाई भुक्तानी रोकिँदैन : अर्थमन्त्री पौडेल

काठमाडौँ। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीको गुनासो चाँडै सम्बोधन हुने बताएका छन् ।नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँग आज अर्थ मन्त्रालयमा सम्पन्न भेटघाटमा उनले निर्माण व्यवसायीले पाउनुपर्ने  भुक्तानी नरोकिने बताएका हुन् ।

'निर्माण व्यवसायीले भुक्तानी पाएनन् भन्ने गुनासो अब धेरै दिन सुन्न पर्दैन । राज्यका निकायले ठेक्का लगाएर काम सम्पन्न भएको छ भने जुनसुकै उपायबाट पनि त्यसको भुक्तानी हुन्छ । अब गुनासो गरिरहने अवस्था आउँदैन,' अर्थमन्त्री पौडेलले भने ।

उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीच लामो समयदेखि चलिरहेको ‘डेडिकेटेड’ र ‘ट्रकलाईन’को विद्युत् महसुल बक्यौता विवाद पनि कानूनअनुसार सुल्झाइने उनले बताए।

'डेडिकेटेड र ट्रङ्कलाइन विवाद कसरी समाधान गर्ने भनेर प्रधानमन्त्रीले नै सरकारको दृष्टिकोण राखिसक्नु भएको छ । यो विषयलाई त्रास र आतङ्कका रुपमा नलिनुस् । गैरकानूनी ढङ्गले सरकारले कुनै दायित्व सिर्जना गर्दैन,' अर्थमन्त्री पौडेलले भने ।​

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस