काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने पुष्टयाइँका बोलाइएको प्रतिनिधिसभाको विशेष अधिवेशन अन्तर्गत दोस्रो बैठक सुरु भएको छ ।
आजको अधिवेशनको पहिलो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट प्रतिनिधिसभाको अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए त्यसलगत्तै सभामुखका प्रस्तावमा बैठक सञ्चालन गर्ने सांसद सम्मिलित अध्यक्षमण्डल गठन गरेर १५ मिनेट बैठक स्थगित गरे ।
त्यसपछि पुनः सुरु भएको दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गरेका छन्। प्रस्ताव टेबल गरेसँगै प्रधानमन्त्रीले आफ्नो मन्तव्यसहित प्रस्तावका पक्षमा मतदान गर्न सभामा आग्रह गर्नेछन् । त्यसपछि प्रधानमन्त्रीको प्रस्तावमाथि केन्द्रित रही दलीय प्रतिनिधित्वका आधारमा सदस्यले आआफ्ना धारणा राख्नेछन् । सांसदको धारणा र उठाइएको प्रश्नमा प्रधानमन्त्री ओलीले जवाफ दिनेछन् ।
प्रधानमन्त्रीको जवाफपछि विश्वासको मतका लागि मत विभाजनसम्बन्धी प्रस्ताव अघि बढ्नेछ । मत विभाजनका क्रममा हुन्छ, हुन्न र दिन्न भन्ने तीन मत जाहेर गर्ने व्यवस्था रहनेछ । विश्वासको मत लिने सन्दर्भमा यस पटकको विशेष व्यवस्थाका रुपमा कोरोना संक्रमणबाट प्रभावित सांसदका लागि बेग्लै कक्षमा मतदानको व्यवस्था हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ बैशाख २०७८, १३ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्ता छन् आइतबार बस्ने प्रतिनिधिसभा बैठकका ४ कार्यसूची
विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण
मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठक स्थगित
संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्छौंः कानूनमन्त्री गिरी
सदनमा उठेका विषयको जवाफ दिन सभामुखले गरे सरकारलाई रूलिङ
सरकार र काठमाडौँ महानगरबिचको गाईजात्रा अन्त्य होस् : सांसद केसी