काठमाडौं । सरकारले जनताको मौलिक हकको हवाला दिदैं शिक्षामा ठुलो बजेट खर्चिने गरेको छ । तर लगानीको प्रतिफल सरकारी स्तरको अध्ययन अध्यापनबाट राम्रो हुन नसक्दा देशमा निजी स्तरबाट शिक्षा क्षेत्रमा ठुलै लगानी गरिएको छ ।
मुलुकभित्र ठुलै लगानीमा विदेशी विश्वविद्यालयसंगको सम्बन्धन देखाउदैं सयौं कलेजहरु संचालनमा छन् । ति कलेजहरुमा अध्यापनका कार्यक्रमहरु के कस्ता विश्वविद्यालयबाट संचालित छन् भन्ने विषयमा राज्यको अनुगमन फितलो हुदाँ त्यसको मार आगामी दिनमा अध्ययनरत विद्यार्थीको भविष्यसँग खेलवाड हुने हो कि भन्ने टिकाटिप्पण्ी समेत बेलामौकामा हुने गरको सर्वविदितै छ ।
अभिभावकहरुले आफ्नो छाक टारेर भएपनि छोराछोरी उच्च शिक्षाबाट बन्चित नहोस भनेर ठुला होर्डिङ बोर्ड र प्रचारप्रसारको जगमा उभिएका कलेजहरुमा लाखौं खर्च गरि अध्यापन गराईरहेका छन् । त्यसैपनि मुलुकको शिक्षा प्रति अविश्वास र वितृष्णा फैलिदैं जाँदा उच्च शिक्षाको नाममा सयौ युवा विदेश पलायन हुने गरेको तितो यथार्थ कहिकतै लुकेको छैन् ।
यस्तै विदेशी विश्वविद्यालयको सम्बन्धनको हवाला दिदैं सम्बन्धन नै नलिएको विषयहरु अध्यापन गराउदैं आएको छ आईएसइएमटी कलेज । मुलुकभित्र ५ शहरमा यो नामबाट संचालित कलेजले विदेशी विश्वविद्यालय सम्बन्धन नलिएका कार्यक्रमहरु अध्यापन गराउदैं आएको पाईएको हो ।
विभिन्न स्थानमा विभिन्न नाममा भागिनी कम्पनी स्थापना गरि बिना अनुमती राज्यको कमजोर संयन्त्रलाई दबाब, प्रलोभनमा पारि आइएसएमटी कलजले (NCC EDUCATION UK) को सम्बन्धन परिवर्तन गरि UNIVERSITY OF SUNDERLAND को कार्यक्रम संचालन गर्न दिएकोमा हाल सम्म यो कलेजले हटाईसकिएका सम्बन्धनका कार्यक्रमहरु अध्यापन गराउने गरिएको पाईएको छ । कलेजले सम्बन्धन हटाईसकेका edexcel,UK Higher National Diploma in computing &System development र Higher National Diploma in Hospitality Management) विषयको प्रोफेसनल कोर्स अध्यापन गराईरहको छ ।
यो कलेजले २०७८÷३÷२८ गतेको मन्त्री स्तरिय निर्णयबाट NCC Education UK को सम्बन्धन खारेज गराई University of Sunderland UK सम्बन्धन लिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सुचना अधिकृत निलकण्ठ ढकाललेले सफलखबर लाई उपलब्ध गराएको सुचनामा उल्लेख छ । तर यो एसएमटी कलेजले हाल सम्म पनि हटाईसकिएको सम्बन्धन प्राप्त कार्यक्रमहरु अध्यापनलाई निरन्तरता दिईरहेको भेटिएको छ ।
कलेजले एउटा विश्वविद्यालयको सम्बन्धन हटाई अर्को विश्वविद्यालयको सम्बन्धन प्राप्त गरेर पनि पुरानै विश्वविद्यालयसंगको सम्बन्धनको विषयवस्तु अध्यापन गराउनु गम्भीर लापरवाही भएको भन्दै नाम उल्लेख नगर्ने शर्तमा एक अभिभावकले भने,‘आफ्नो छोराछारीको भविष्यसंग खेलवाड गर्न कसैलाई छुट छैन, यसको अनुगमन राज्यले तत्काल गर्नुपर्छ ।’
सम्बन्धन बिनाका अध्यापनका विषयहरु कसरी संचालन गरिएको हो भनेर सफलखबर संवाददाताले कलेजका एक जिम्मेवार अधिकारीसंग जिज्ञासा राख्दा उक्त अधिकारीले केही समय पछि छलफल गर्ने भन्दै पन्छिए । बारम्बार सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् । कलेजमा अध्ययनरत विद्यार्थी र तिनका अभिभावकबाट चासो र गुनासो आएपछि खफलखबरले यसअघि ‘गुणस्तरहिन डिग्री बेच्दै आइएसएमटी कलेज’ शिर्षकमा समाचार प्रकाशन गरेको थियो ।
कलेजले सम्बन्धन बिनाको विषयवस्तु अध्यापन गराउदैं आएपनि विद्यार्थीहरुलाई लोभ्याउन शहरभित्र प्रचारप्रसारको नाममा ठुलठुला होर्डिङ बोर्डहरु छ्यापछ्याप्ती राखेको छ । बिना सम्बन्धनको कलेज विदेशी शिक्षाको नाममा शहरको सुन्दरता नै बिर्साउने गरि राखिएको होर्डिङ बोर्डमा स्नातक, स्नातोकोत्तर अध्ययनको उत्कृष्ट गन्तव्य भनि विद्यार्थीहरुलाई दिगभ्रमित पार्न खोजेको छ । सफलखबरले सम्बन्धित मन्त्रालयसंग माग गरेको सुचनामा यो कलेजले ःद्यब् अध्यापनको स्वीकृति समेत लिएको देखिदैंन तर प्रचारप्रसारको नाममा यो कलेजले आफ्नो आधिकारी वेभसाईटमा ःद्यब् अध्ययनको लागि उचित गन्त्व्य भनि उल्लेख गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार ‘इन्टरनेशनल स्कुल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी’ को नामबाट संचालित यो कलेज काठमाडौं, पोखरा, रुपन्देही, चितवनमा संचालनमा रहेको र सबैको कलेजको मातृ कम्पनी छुट्टाछुट्टै रहेको छ । तर यो कलेजले अन्य स्थानमा यो नामबाट संचालित कलेजहरु यसकै शाखा रहेको भनि झुठो प्रचार गर्ने गरेको छ ।
आवरणमा भागिनी संस्थाको रुपमा देखाउने यो कलेजले काठमाडौ, मोरङ र पोखरामा बिना अनुमति ःद्यब् र अध्ययन अध्यापन गराउदैं आएको छ ।
अन्तराष्ट्रिय डिग्रीको नाममा यो कलेजले सर्वसाधारण विद्यार्थीका अभिभावकसंग मोटो रकम उठाउदैं आएको छ । कलेजमा द्य।क्ऋ। द्यगकष्लभकक ःबलबनझभलत लिएर अध्ययनरत एक विद्यार्थीले नाम उल्लेख नगर्ने शर्तमा भने,‘कागजी रुपमा छात्रवृक्तिको सबै प्रक्रिया मिलाइएपनि वास्तविकतामा त्यस्तो नरहेकाले सम्बन्धित निकायले छानविन गर्नुपछि ।’ शिक्षा जस्तो संवेदनशिल विषयमा पनि छलछाम गरेर व्यापार गर्दै आएको यो कलेजले राज्यको कर प्रणालीमा नजोडिई कर छलि गरेको आरोप समेत लाग्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ माघ २०८१, ०७ : २२
लेखकबाट थप