सरकार र काठमाडौँ महानगरबिचको गाईजात्रा अन्त्य होस् : सांसद केसी

सफल खबर संवाददाता

विहीबार, २४ जेठ २०८१, १२ : ११
सरकार र काठमाडौँ महानगरबिचको गाईजात्रा अन्त्य होस् : सांसद केसी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकार र काठमाडौँ महानगरपालिकाबिचको टकराबले सरकारमाथि नै गम्भीर प्रश्न उठेको टिप्पणी गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले सरकार र महानगरपालिकाबिच देखिएको सडक भत्काउने र बनाउने ‘गाईजात्रा’ले सरकारमाथि नै गम्भीर प्रश्न उठेको भन्दै त्यसलाई समन्वय गरेर सरकारको दायित्व पूरा गर्न आग्रह गरे । 

उनले भने,‘हालै संघीय सरकार र महानगरपालिकाबिच देखिएको सडक भत्काउने र बनाउने गाईजात्राले सरकारमाथि नै गम्भीर प्रश्न उठेको छ । त्यसैले तत्काल समन्वय होस् । सरकारी पक्षले अहङ्कार र झगडिया मानसिकता नबनाओस् । यसलाई समन्वय गरेर सरकारले आफ्नो दायित्व पूरा गरोस् ।’

प्रतिक्रिया दिनुहोस