काठमाडौँ । आइतबार बिहान ११ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ । भोलिको बैठकका लागि सङ्घीय संसद् सचिवालयले सम्भावित ४ कार्यसूची तय गरेको छ ।
बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी र मन्त्रालयको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
यस्तै प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पत्ति भएको “विनियोजन विधेयक, २०८१” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची रहेको छ ।
यस्तै पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले “पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०” पेस गर्ने कार्यसूची रहेको छ । साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले “अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेत्तिसौँ वार्षिक प्रतिवेदन आव २०७९ र २०८०” पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जनाएका छन् ।
सभामा शून्य समय, विशेष समयमा बोल्ने लगायतका कार्यसूची भने भोली संसद् बैठक अघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले निर्धारण गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ असार २०८१, १५ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपक्षीले उठाएको प्रश्नको सदनमा जवाफ दिँदै प्रधानमन्त्री
प्रतिनिधिसभा बैठक सुरु, यस्ता छन् कार्यसूची
कुलमानको बचाउमा विपक्षी दलहरू उभिए एकठाउँ, सभामुखले गरे रुलिङ
सरकारले शहीदमार्गको रकम कटौती गरेकोप्रति वर्षमानको आपत्ति
ब्रेक लागिरहेका कामलाई सरकारले ‘थ्रु’ गरिरहेको छ : प्रधानमन्त्री ओली
विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण