काठमाडौं । आइसीसी यू–१९ महिला विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध नेपाल रनमा अलआउट भएको छ । मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङ नेपाल १८ ओभर २ बलमा ५२ रनमा समेटिएको हो ।
नेपालका लागि ओपनर सना प्रवीणले सर्वाधिक १९ रन बनाइन् । सिमाना केसी १०, सावित्री धामी १, कप्तान पूजा महतो २, सोनी पाख्रिन ०, किरन कुँवर १, अलिशा यादव ४, तिर्सना विक ३, अनु कडायत ० रनमा आउट भए । बलिङमा बंगलादेशकी जन्नतुल माउवाले सर्वाधिक दुई विकेट लिइन् । नेपालका ५ खेलाडी रन आउटको शिकार भए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ माघ २०८१, १४ : २४
लेखकबाट थप