काठमाडौँ। अमेरिकाको ह्वाइट हाउसमा आक्रमणको प्रयास गरेको अभियोगमा भारतीय नागरिक सासाई वर्शित कंडुलालाई बिहीबार ८ वर्षको जेल सजाय सुनाइएको छ। कंडुलाले २२ मे २०२३ मा भाडाको ट्रकले हमला गर्ने योजना बनाएका थिए। उनलाई मे १३, २०२४ मा अमेरिकी सम्पत्तिलाई जानाजानी नोक्सान गरेको अभियोगमा दोषी ठहर गरिएको थियो।
सोधपुछका क्रममा उनले राष्ट्रपति जो बाइडेनलाई सरकार नियन्त्रणमा लिएर मार्न चाहेको बताएका थिए। यसका लागि ६ महिनाको योजना रहेको उनले बयान दिएका थिए। भारतको चन्दनगरमा जन्मिएका कंडुला अमेरिकाको स्थायी बासिन्दा हुन् र उनीसँग ग्रीन कार्ड समेत रहेको भारतीय सञ्चार माध्यमहरूे जनाएका छन्।
न्याय विभागका अनुसार यस आक्रमणको उद्देश्य अमेरिकाको लोकतान्त्रिक रूपमा निर्वाचित सरकारलाई ध्वस्त पार्नु र नाजी विचारधाराबाट प्रेरित तानाशाही स्थापना गर्नु थियो।
अदालतका कागजातका अनुसार कंडुला सेन्ट लुइसबाट मे २२, २०२३ मा वाशिंगटन पुगेका थिए। साँझ ५ः२० मा डलेस विमानस्थलमा अवतरण गरेपछि उनले साढे ६ बजे ट्रक भाडामा लिएका थिए। त्यसपछि उनले डिनर गरे र ट्रकमा इन्धन भरे। यसपछि कंडुला वासिङ्टन डीसीतिर लागे। राति ९:३४ मा उनले ह्वाइट हाउस र राष्ट्रपति पार्कको सुरक्षा गर्ने ब्यारियरमा ट्रक ठोक्काए।
पहिलो प्रहारपछि उनले ट्रक ब्याक गरे र फेरि प्रयास गरे। दोस्रो प्रयासमा ट्रक बिग्रियो र इन्जिनबाट धुवाँ निस्कन थाल्यो। अमेरिकी गुप्तचर सेवाका अधिकारीहरूले कुण्डलालाई घटनास्थलबाटै पक्राउ गरेका थिए।
प्रहरी अभिलेखका अनुसार इन्जिन बिग्रिएपछि कंडुला चालकको सिटबाट ओर्लिएर ट्रकको पछाडि खसेका थिए। यसपछि उनले नाजी झण्डा बोकेको झोला निकालेर हल्लाउन थाले।
यो हमलापछि ह्वाइट हाउसको सुरक्षा बढाइएको छ। न्युयोर्क टाइम्सका अनुसार क्यापिटल हिल नजिकै ब्यारिकेडसँग गाडी ठोक्किने घटना यसअघि पनि भइसकेको छ। जनवरी ६, २०२१ मा क्यापिटल हिंसाको लगभग तीन महिनापछि, दुई क्यापिटल पुलिस अधिकारीहरूलाई कारले ठक्कर दिएको थियो। एक जनाको मृत्यु भएको भएको थियो भने एक जना घाइते भएका थिए।
अगस्ट २०२३ मा एक व्यक्तिले क्यापिटल हिल नजिकैको ब्यारिकेडमा आफ्नो कार ठोक्काइ दिएका थिए। यसपछि कारमा आगो लागेको थियो। अभियुक्त रिचर्ड योर्कले कारबाट बाहिर निस्केर हावामा फायर गरेका समेत गरेका थिए। यसपछि उनले आफैँलाई गोली हानेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ माघ २०८१, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा नदीमा डुबेर भारतीय नागरिक बेपत्ता
अवैध सुनसहित भारतीय नागरिक पक्राउ
अनलाइन सट्टेबाजी खेलाउने १३ भारतीय नागरिक पक्राउ
त्रिभुवन विमानस्थलबाट झण्डै एक किलो सुनसहित भारतीय नागरिक पक्राउ
भारतीय नागरिकलाई अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक, ९ जना पक्राउ