काठमाडौं । संघीय संसद सचिवालयका कर्मचारीहरुको माग सम्बोधनका लागि तीन सदस्यीय समिति गठन भएको छ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा संघीय संसदका महासचिव पद्यप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनीको नेतृत्वमा समिति गठन भएको हो ।
संसद भवनमा आईतवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै कानूनमन्त्री गिरीले प्रधानमन्त्रीको निवास बालुवाटारमा बैठक बसेको र बैठकले संघीय संसदका कर्मचारीहरुको माग सम्बोधन गर्न तीन सदस्यीय समिति गठन गरेको जानकारी दिएकाछन् । उनले आज भोलिमै यथोचित मागहरु वार्ताबाट सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन् ।
नेपाली काँग्रेसकी सांसद रमा कोईराला पौडेलले संघीय संसदका कर्मचारीहरुले जायज माग उठाएर आन्दोलन गर्नुभएको भन्दै माग सम्बोधन तत्काल हुनुपर्ने बताइन् । कर्मचारीहरुले संसद भवनमा धर्ना दिएसँगै ११ बजे शुरु हुने भनिएको प्रतिनिधि सभाको बैठक डिलागरी सुरुभएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० असार २०८१, १३ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाउन्स चेकको भुक्तानीमा १० प्रतिशत ब्याज लाग्ने प्रस्ताव
सहकारी छानबिनसम्बन्धी संसदीय समितिको कार्यादेशमा सहमति हुन्छ : मन्त्री गिरी
संसदीय छानबिन समितिको कार्यादेश तयार
केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकलाई एक हप्ताभित्र टुंग्याउनुपर्छ : मन्त्री गिरी
महिला न्यायाधीशका काम तुलनात्मकरूपमा विवादरहित छन् : कानूनमन्त्री गिरी
एमालेका मागमा सरकार गम्भीर रहेको महसुस : पदम गिरी