एजेन्सी । निर्वाचित सत्ता हत्याएर शक्ति आफ्नो हातमा लिएको म्यानमारको सेनाले दिन प्रति दिन बढिरहेको विरोधलाई दबाउनका लागि पुनः इन्टरनेट सेवामाथि प्रतिबन्ध लगाएको छ ।
लगातार दोस्रो रात (मंगलबार) पनि अधिकांश क्षेत्रमा सेनाले इन्टरनेट सेवा अवरुद्ध गरेको हो । बेलायतमा आधारित अनुगमन संस्था नेटब्लक्सका अनुसार स्थानीय समय अनुसार मंगलबार बिहान १ बजे नेपाली समय अनुसार (सोमबार राति सवा १२ बजे) देखि इन्टरनेटमा म्यानमार सेनाले लगभग पूर्ण प्रतिबन्ध लगाएको उल्लेख गरेको छ ।
फेब्रुअरी १ मा सेनाले नेतृ आङ साङ सूकीसहितका निर्वाचित नेतालाई गिरफ्तार गरि सत्ता हातमा लिएपछि चौथो पटक लगभग पूर्ण रुपमा इन्टरनेटमा प्रतिबन्ध लागेको हो । सेनाले सञ्चारमाध्यमहरुका अनलाइन संस्करणमा पनि सर्वसाधारणको पहुँचमा रोक लगाएको छ ।
सैन्य कू विरुद्ध लगातार सर्वसाधारण, पेशाकर्मी तथा भिक्षुसहित प्रदर्शनमा उत्रिएपछि सेनाले इन्टरनेट सेवा बन्द गर्नेसहितका उपाय अपनाएको हो । यस्तै प्रमुख शहरहरुमा सेनाले हतियारले सुसज्जित बख्तरबन्द गाडी तैनाथ गरेको छ । सेनाको तैनाथी बढे पनि प्रदर्शन भने रोकिएको छैन ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०४ फागुन २०७७, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यानमारमा बेमौसमी वर्षा : उद्धार कार्यमा वाधा
म्यानमारमा भूकम्प पीडितहरूलाई सहयोग गरिरहेका यूएसएडका कर्मचारीहरू बर्खास्त
म्यानमारमा भूकम्पमा परेर मर्नेको संख्या २,८८६ पुग्यो
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार
म्यानमारमा शक्तिशाली भूकम्प
कीर्गिस्तानलाई हराउँदै म्यानमार फोर नेसन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश