काठमाडौं । कीर्गिस्तानलाई हराउँदै म्यानमार फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
दशरथ रंगशालामा भएको खेलमा कीर्गिस्तानलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै म्यानमारले एक खेल अगावै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो हाफमा ४ गोल गरेको म्यानमारले दोस्रो हाफमा थप एक गोल गर्यो ।
म्यानमारले पहिलो, ३०औं, ३५औं र ४०औं मिनेटमा गोल गर्यो । दोस्रो हाफमा खेलको ४९औं मिनेटमा म्यानमारले पाँचौं गोल गर्यो । लगातार दोस्रो हार बेहोरेको कीर्गिस्तान प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ फागुन २०८१, १६ : २१
लेखकबाट थप