काठमाडौँ । म्यानमार शुक्रबार शक्तिशाली भूकम्प गएको छ । यसको धक्का भारतदेखि थाइल्याण्डसम्म महसुस गरिएको छ । भारतको नेसनल सेन्टर फर सिस्मोलोजीका अनुसार स्थानीय समयअनुसार ११ बजेर ५० मिनेट जाँदा ७.२ म्याग्निच्युडको भूकम्प गएको हो । यूएयसजीएसले भने सागाइङभन्दा १६ किलोमिटेर उत्तरपश्चिम केन्द्रबिन्दु भएर गएको भूकम्पको तीव्रता ७.७ रहेको बताएको छ ।
केन्द्रबिन्दु जमिनको सतहभन्दा १० किलोमिटर तल रहेको थियो । हालसम्म क्षतिको विवरण भने प्राप्त हुनसकेको छैन । भारतीय मिडियाहरुले दिल्ली एनसीआरमा समेत भूकम्पको धक्का महसुस गरिएको बताएका छन् । उता, थाइल्याण्डकाे राजधानी बैंककमा पनि भूकम्पले मज्जाले हल्लाएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १५ चैत्र २०८१, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कीर्गिस्तानलाई हराउँदै म्यानमार फोर नेसन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश
म्यानमारमा बाढीका कारण दुई सय बढीको मृत्यु, पाँच लाख मानिसहरू प्रभावित
बाढी र पहिरोका कारण म्यानमारमा २०० भन्दा धेरैको मृत्यु
यागी चक्रवातपछि म्यानमारमा भीषण बाढी, दुई लाखभन्दा बढी मानिस प्रभावित
म्यान्मारमा थप ६ महिनाका लागि संकटकाल थपियो
आङसान सुकी सैनिक जेलबाट रिहा, घरमै नजरबन्दमा राखिने