यङ्गुन । म्यानमारमा गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या २ हजार ८८६ पुगेको छ । यो जानकारी म्यानमारको सैन्य सरकारले बुधबार दिएको हो । भूकम्पमा घाइते हुनेको संख्या ४ हजार ६३९ रहेको छ भने ३७३ जना अझै बेपत्ता छन् ।
राहत र उद्धार कार्य अझै जारी छ । मार्च २८ मा म्यानमारमा ७ दशमलव ७ तीव्रताको भूकम्प गएको थियो । भूकम्पका कारण मृत्यु हुनेको संख्या अझ बढी हुनसक्ने अनुमान गरिएको छ । त्यहाँको सैन्य सरकारले यी तथ्याङ्कहरूलाई कम आकलन गरिरहेको विश्वास गरिएको छ ।
मार्च २८ मा म्यानमारमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको तीव्रता ७ दशमलव ७ थियो । भूकम्पको धक्का म्यानमारको छिमेकी देश थाइल्याण्डको राजधानी बैंककसम्म महसुस गरिएको थियो ।
थाइल्याण्डमा भूकम्पका कारण ६ जनाको मृत्यु भएको छ भने १०० जना कामदार बेपत्ता भएको बताइएको छ । पहिलो भूकम्प गएको १२ मिनेटपछि मात्र म्यानमारमा दोस्रो भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले बताएको थियो । यो भूकम्पको तीव्रता ६ दशमलव ४ थियो । यस भूकम्पको केन्द्रबिन्दु सागाइङबाट १८ किलोमिटर दक्षिणमा थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० चैत्र २०८१, १६ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यानमारमा बेमौसमी वर्षा : उद्धार कार्यमा वाधा
म्यानमारमा भूकम्प पीडितहरूलाई सहयोग गरिरहेका यूएसएडका कर्मचारीहरू बर्खास्त
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार
म्यानमारमा शक्तिशाली भूकम्प
कीर्गिस्तानलाई हराउँदै म्यानमार फोर नेसन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश
म्यानमारमा बाढीका कारण दुई सय बढीको मृत्यु, पाँच लाख मानिसहरू प्रभावित