काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले एकातिर निर्वाचन तयारी र अर्काेतिर सडक संर्घष समेतमा जोड गरेर जानुपरेको बताईरहदा काँग्रेसको द्धैध चरित्र देखा परेको आरोप लागिरहेका बेला आज उसले देशैभर विरोध प्रर्दशन गर्न लागेको छ ।
संसद् विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदमको रूपमा व्याख्या गरेको काँग्रेसले देशैभर पार्टीका नेता कार्यकर्ता परिचालन गरेर प्रर्दशन गर्न लागेको हो । प्रदर्शनमा जिल्ला स्तरका नेताहरुले सम्बोधन गर्ने गरी वक्ता टोली नै गठन गरेर परिचालन गरेको जनाएको छ ।
देशभरका ६ हजार सात सय ४३ वटै वडामा काँग्रेसले एक साथ संसद् विघटनको विरोध गर्न लागेको हो । विरोध प्रर्दशनमा सहभागिता जनाउन काँग्रेस सभापतिले पार्टी नेता कार्यकर्तालाई बुधबार नै वक्तब्य जारी गरेर अपिल गरेका छन् । देउवाले भनेका छन्, ‘संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्यविरुद्ध काँग्रेस एकमत छ, आजको वडास्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रूपले सफल बनाउन म सबैमा हार्दिक अपिल गर्दछु ।’
यस्ता विरोध कार्यक्रममा कोभिड– १९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासन, भ्रष्टाचार र प्रधानमन्त्री केपी ओलीको स्वेच्छाचारी प्रवृत्तिको भण्डाफोर गर्न काँग्रेसले तल्ला निकायलाई निर्देशन गरेको छ ।
१९ पुसमा बसेको केन्द्रीय समिति बैठकले दोस्रो चरणअन्तर्गत २५ पुसका साथ ३ र ८ माघका लागि विरोधका कार्यक्रम तय गरेको थियो । काँग्रेसले २५ पुसमा ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा तथा ३ माघमा ७ सय ५३ पालिकामा विरोध प्रदर्शन गरिसकेको छ । त्यसअगाडि काँग्रेसले १३ पुसमा एक सय ६५ निर्वाचन क्षेत्रमा समेत विरोध प्रदर्शन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ माघ २०७७, ०८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षकसँग भएको सम्झौताअनुसार शिक्षा विधेयक छिटो आउनुपर्छ : कांग्रेस
सरकारले पूर्वराजालाई शाही निसान प्रयोग नगर्न भन्नुपर्यो : रामहरि खतिवडा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान
कांग्रेस पदाधिकारी बैठक बुढानीलकण्ठमा सुरु
रास्वपा सांसदको अभिव्यक्तिप्रति कांग्रेस नेताको आपत्ति, कानूनी उपचारमा जाने चेताव
आन्दोलनरत विद्यार्थीले हटाए नेविसंघले धनगढीमा राखेका झन्डा