सरकारले पूर्वराजालाई शाही निसान प्रयोग नगर्न भन्नुपर्‍यो : रामहरि खतिवडा

सफल खबर संवाददाता

विहीबार, ०७ चैत्र २०८१, १२ : ५०
सरकारले पूर्वराजालाई शाही निसान प्रयोग नगर्न भन्नुपर्‍यो : रामहरि खतिवडा

काठमाडौँ। नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय झन्डाको अपमान गरेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले पूर्वराजा ज्ञानेन्द्रलाई शाही निसान प्रयोग नगर्न भन्नुपर्ने बताए ।

‘फागुन ६ गते दिएको भिडियो सन्देशमा श्री ५ महाराजधिराज भनेर उल्लेख गरिएको र शाही निसान प्रयोग गरेको देखियो,’ खतिवडाले भने । यस्तो अधिकार पूर्वराजा ज्ञानेन्द्रलाई नरहेको उनले बताए ।

‘यो शाही निसान २०६५ साल जेठ १७ गते हटाएर राष्ट्रिय झन्डा राखिएको थियो । र नेपालको संविधानमा कहीँ पनि श्री ५ महाराजधिराज भन्ने उल्लेख छैन । त्यसले श्री ५ महाराजधिराज भन्ने र शाही निसान राख्नेप्रति घोर आपत्ति छ र सरकारले त्यस्ता कार्य नगर्न, संविधान नमिच्नका लागि आग्रह गरोस् ।’

 

 

 

प्रतिक्रिया दिनुहोस