काठमाडौं । नागढुङ्गामा एक करोड ४७ लाखसहित भारतीय नागरिक पक्राउ परेका छन् । काठमाडौं भित्रिने मुख्य नाका नागढुङ्गाबाट स्रोत नखुलेको सो रकमसहित उक्त नागरिक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा ३० वर्षीय अमित कुमार गुप्ता रहेका छन् । उनी कपिलबस्तुबाट काठमाडौं आउन लागेको बेला नागढुङ्गामा उनको निजी सवारी जाँच गर्ने क्रममा स्रोत नखुलेको सो रकम फेला परेका उच्च प्रहरी अधिकारीले जानकारी दिए ।
सो रकम हुण्डीका लागि प्रयोग गरिन सक्ने प्रहरीको प्रारम्भीक आशंका छ । रकमबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० पुस २०७७, ११ : २४
लेखकबाट थप