काठमाडौं । कोरोना सङ्क्रमणका कारण उडान प्रभावित भएपछि देशकै एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलले पाँच अर्ब रुपियाँभन्दा बढी आम्दानी गुमाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार २०७६ चैतदेखि २०७७ कात्तिकसम्म विमानस्थलको आम्दानी एक अर्ब १९ करोड रुपियाँ मात्र पुगेको छ । जब कि २०७५ चैतदेखि कात्तिकसम्म विमानस्थलले छ अर्ब १९ करोड ७५ लाख रुपियाँ आम्दानी गरेको थियो । यस हिसाबले कोभिडको बीचमा विमानस्थलको आम्दानी पाँच अर्ब १७ लाख रुपियाँले घटेको तथ्याङ्क छ ।
कोभिड सङ्क्रमण नियन्त्रणस्वरूप सरकारले गत चैत ११ देखि निषेधाज्ञा जारी गरेको थियो । करिब पाँच महिना लामो निषेधाज्ञाका कारण अन्तर्राष्ट्रिय र आन्तरिक दुवैतर्फको नियमित उडान बन्द थियो ।
उडान नै नहुँदा विमानस्थलले नियमित किसिमका आम्दानी गुमाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए । मासिक औसत ५० करोड रुपियाँभन्दा बढी आम्दानी गर्दै आएको यो विमानस्थलको आम्दानी कोरोना सङ्क्रमणका कारण गत भदौमा चार करोड ८९ लाख रुपियाँसम्म घटेको थियो ।
विमानस्थलले मुख्यगरी ल्यान्डिङ र पार्किङबापत ठूलो आम्दानी गर्छ । यसबाहेक विमानस्थलभित्रका ठेक्कापट्टा, पसल कबोल, नेभिगेसन एड विमानस्थलका आम्दानीका अन्य स्रोत हुन् । विमानस्थलको आम्दानी घट्दा कतिपय साना किसिमका बजेट कटौती गर्नुपरेको क्षेत्रीले जानकारी दिए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २३ मंसिर २०७७, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हुस्सुले ‘भिजीबिलिटी’ कम हुँदा नेपालगञ्ज विमानस्थलमा हवाई सेवा प्रभावित
आजदेखि दैनिक १० घण्टा बन्द गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तारको काम गरिदै
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने
टीकापुर विमानस्थलमा परीक्षण उडान गर्ने तयारी
कराची विमानस्थल नजिक विस्फोट, कम्तीमा दुई चिनियाँको मृत्यु
विमानस्थल आसपास चङ्गा, ड्रोन र बेलुन नउडाउन निर्देशन