कैलाली । कैलालीको टीकापुर विमानस्थलमा परीक्षण उडान हुने भएको छ । लामो समयदेखि बन्द विमानस्थल सञ्चालनका लागि परीक्षण उडान गर्ने तयारी गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री अरुणकुमार चौधरीले बताए ।
आउँदो कात्तिक ११ गते टेस्ट फ्लाइट गर्ने तयारी रहेको उनले बताए । त्यसका लागि नेपाल वायु सेवा निगमसमेत तयार रहेको बताउँदै नेपाल उड्डयन प्राधिकरणसँग समन्वय भैरहेको उनको भनाइ छ ।
अहिले विमानस्थलमा सरसफाइलगायत तयारीका काम भैरहेको छ । नेपालगञ्ज विमानस्थलबाट इन्जिनियर खटाएर आवश्यक तयारी गरिरहेको उनले बताए ।
टेस्ट फ्लाइटपछि तत्काल छोटो दुरीमा हवाई उडान नियमित गर्नेबारे आफूले पहल गरिरहेको उनको भनाइ छ । छोटो दूरीसँगै विमानस्थलको स्तरोन्नतीगरी टीकापुर-काठमाडौं उडान शुरू गर्ने आफूहरूको लक्ष्य रहेको उनले बताए । विमानस्थल गाई चराउन नभएको भन्दै हवाई उडान शुरू हुने राज्यमन्त्री चौधरीले बताए ।
यसअघि कात्तिक १ गते मन्त्रालयले विमानस्थलको दुवैतर्फको बाटो बन्द गराउन टीकापुर नगरपालिकालाई पत्राचार गरेको थियो । मन्त्रालयले दुवैतर्फको बाटो बन्द गरी विमानस्थल क्षेत्रको उचित सरसफाई गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ कार्तिक २०८१, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हुस्सुले ‘भिजीबिलिटी’ कम हुँदा नेपालगञ्ज विमानस्थलमा हवाई सेवा प्रभावित
आजदेखि दैनिक १० घण्टा बन्द गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तारको काम गरिदै
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने
कराची विमानस्थल नजिक विस्फोट, कम्तीमा दुई चिनियाँको मृत्यु
विमानस्थल आसपास चङ्गा, ड्रोन र बेलुन नउडाउन निर्देशन
बिहीबारदेखि सुकिलुम्बा विमानस्थलबाट हवाई उडान पुनः सञ्चालन हुने