काठमाडौँ । कोटेश्वरमा एटीएम मेसिन फोडिरहेको अवस्थामा एक युवक पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–३२ मुनीभैरब सडक खण्डमा रहेको एनआईसी एसिया बैंकको एटीएम फोडदै गरेको अवस्थामा युवक पक्राउ परेका हुन् ।
सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल काठमाडौँ बस्दै आएका १९ वर्षीय अनिल तामाङलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले आइतबार राति पक्राउ गरेको हो ।
पैसा लुट्ने योजनाका साथ एटीएम मेसिन फोडेको अवस्थामा तामाङलाई पक्राउ गरिएको कोटेश्वर प्रभागका इन्सपेक्टर राजन लामाले बताए । ‘बैंकको एटीएम मेसिन आधा फुटाएको र अन्य भाग फुटाउँदै गरेको अवस्थामा तामाङ पक्राउ परेका हुन्,’ इन्सपेक्टर लामाले भने ।
इन्सपेक्टर तामाङका अनुसार उनले रकम निकाल्न भने सकेका थिएनन् । तामाङलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ मंसिर २०७७, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अनलाइन सट्टेबाजीमा २ अर्ब १ करोडको कारोबार गर्ने एकजना पक्राउ
सिराहाबाट पेस्तोलसहित एक युवक पक्राउ