खुमलटार बैठकमा प्रचण्डले भने– प्रधानमन्त्री ओलीको तर्फबाट विभिन्न फन्डाहरु आएका छन्

सफल खबर संवाददाता

सोमबार, ०५ साउन २०७७, १३ : २६
खुमलटार बैठकमा प्रचण्डले भने– प्रधानमन्त्री ओलीको तर्फबाट विभिन्न फन्डाहरु आएका छन्

काठमाडौं । तत्कालिन माअ‍ोवादी केन्द्र निकट स्थायी कमिटी सदस्यहरुको छलफल खुमलटारमा सकिएको छ ।

नेकपाका अध्यक्ष प्रचण्डले आफ्ना निकट स्थायी कमिटीका सदस्यहरुसँग विहानैदेखि छलफल गरेका थिए । उनले छलफलमा आफ्नो कुरा राख्दै प्रधानमन्त्री समेत रहेका नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग हालसम्म कुनै सहमति नभएको जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीको तर्फबाट विभिन्न फन्डाहरु प्रयोग भइरहेको र पछिल्लो पटक आएको महाधिवेशन पनि त्यसैको कडी रहेको कुरा प्रचण्डले राखेको बैठकमा सहभागी एक नेताले बताए ।

उनले प्रधानमन्त्री अ‍ोलीसँग कुनै सहमति भएको छैन, उनीहरुको तर्फबाट अफाह फैलाइएको मात्र हो भन्दै प्रधानमन्त्री ओलीले आफ्नो अडानबाट टसमस नभएको कुरा पनि बैठकमा राखेका थिए । पार्टी एकतालाई जोगाउने आफ्नो तर्फबाट भरपुर प्रयास भइरहेको तर उताबाट सहमतिका लागि वतावरण विगारी रहेको प्रचण्डको व्रिफिङ थियो ।

प्रतिक्रिया दिनुहोस