काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा सहभागी काँग्रेसका मन्त्रीहरूले काम गर्न प्रत्यक्ष असहयोग नभए पनि समस्या भने रहेको बताएका छन् ।
नेपाली काँग्रेसका शीर्ष नेता र मन्त्रीहरू बीच बिहीबार भएको छलफलमा मन्त्रीहरूले ब्रिफिङ गर्ने क्रममा काम गर्ने क्रममा आइपरेका समस्या र अप्ठ्याराबारे जानकारी गराएका हुन् ।
सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा संसदीय कार्यसमितिमा छलफलका लागि १० मन्त्री र २ राज्यमन्त्रीलाई डाकिएको थियो । उक्त बैठकमा प्रधानमन्त्री ओलीसँग काम गर्दा प्रत्यक्ष अप्ठ्यारो नभए पनि कहीँ न कहीँ समस्या रहेको मन्त्रीहरूले बताएको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले बताए ।
‘तर, कति कुराहरू सोचे अनुसार फास्ट हुनुपर्ने, त्यो कुराहरू कुनै न कुराबाट कहीँ न कहीँबाट अप्ठ्यारा महसुस हाम्रा साथीहरूले गर्नुभएको छ,’ पार्टीसँग छलफल पछि चौधरीले भने, ‘हाम्रा नेताहरू मिलेर समस्या समाधान गर्ने उपायहरू बताइरहनु भएको छ ।’
६ महिनाको अवधिमा आफूले गरेका कार्यको विस्तृत जानकारी मन्त्रीहरूसँग लिने र आवश्यक सुझाव दिने गरी पार्टीले छलफल डाकेको थियो । प्रत्येक मन्त्रीले आफूले गरेका सुधार, उपलब्धि र अप्ठ्यारा बारे पार्टीलाई जानकारी गराएका छन् ।
यसैगरी कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीले किसानलाई आवश्यक पर्ने रासायनिक मल आयात गर्न ६० अर्ब रुपैयाँ आवश्यक भए पनि २७ अर्ब ९५ करोड बजेट मात्र विनियोजन भएको बताए । एमाले उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री छन् ।
अधिकारीले रासायनिक मल आयात गर्न रकमको अभाव हुने बताएका थिए । ‘साढे पाँच लाख मेट्रिक टन आयात गर्न सकिने अवस्था छ । किसानको माग ११ लाख मेट्रिक टन छ,’ मन्त्री अधिकारीले भने,‘सरकारले रकम विनियोजन गर्दा २७ अर्ब ९५ करोड मात्रै छुट्याएको छ । किसानले चाहेजति रासायनिक मल उपलब्ध गराउन लगभग ६० अर्ब रुपैयाँ चाहिन्छ ।’
युवा तथा खेलकुद मन्त्री चौधरीका अनुसार बैठकमा महामन्त्री गगन थापाले जारी भएका अध्यादेश बारे पार्टीमा जानकारी गराएका थिए । ‘यस विषयमा हामीमा सकारात्मक छलफल भएकै कुरा भयो । यसमा त्यति चर्चा र परिचर्चा गर्ने कुरा भएन,’ चौधरीले भने ।
राष्ट्रपति पौडेलले सरकारबाट सिफारिस भएका पाँच अध्यादेश जारी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ माघ २०८१, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस संसदीय दल अनुशासन समितिको संयोजकमा बडू नियुक्त
अध्यादेश छलफलमै आएको हो‚ चर्चा गर्न आवश्यक छैन : कांग्रेस
सरकारमा सहभागी पार्टीका मन्त्रीहरुसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी
सरकारमा सहभागी कांग्रेसका मन्त्रीसहितको संसदीय दलको बैठक बस्दै
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान निर्देशकमा डा. पोखरेल नियुक्त
कांग्रेसले १२ मन्त्रीहरूसँग छलफल गर्दै