काठमाडौँ । तेह्रथुममा निर्माण भएका दुई वटा सहिद पार्कको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् । आठराई गाउँपालिका–३ ह्वाकूमा रहेको बगाले सहिद स्मृति पार्क र लालीगुराँस नगरपालिकामा रहेको धनरूपा सहिद स्मृति पार्क आगामी माघ १४ गते प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम तय भएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्व मन्त्री दुर्गाप्रसाद चापागाईंले जानकारी दिए ।
लालीगुराँसको वसन्तपुर सहिद स्मृति सभाहल र बागालेमा जनयुद्ध र शान्ति संग्राहलयको शिलान्यास, पूर्वमा माओवादी आन्दोलनका अभियानता स्वर्गीय भक्तराज कन्दङवाको सालिक अनावरण तथा जिल्ला स्तरीय पार्टी प्रशिक्षण लगायत कार्यक्रम समेत रहेको बताइएको छ ।
प्रचण्डको लालीगुराँस नगरपालिकामा रहेको सांस्कृतिक पार्क चोरुलुङको अवलोकनको कार्यक्रम रहेको छ । २०५८ साल माघ १४ गते तेह्रथुमको आठराई ह्वाकु बगालेमा २१ जनाको तत्कालीन राज्य पक्षबाट हत्या भएको थियो । तत्कालीन जनमुक्ति सेनाका १८ जना घाइतेहरू र ३ जना स्थानीयको हत्या भएको थियो ।
२०५८ साल माघ १० गते भएको पाँचथरको गोपेटार आक्रमणका घाइतेहरूलाई आठराईको बगालेमा रहेको समयमा घाइतेहरूको हत्या भएको थियो । बगालेमा २१ जना सहिदको अर्ध कदको सालिक निर्माण गरिएको छ । घाइतेहरूलाई हत्या गरिएको घरलाई संरक्षण गरिएको छ ।
धनरूपमा सहिद स्मृति पार्कमा लालीगुराँसका ६ जना सहिदहरूको स्मारक निर्माण भएको छ । यी सहिद पार्क तेह्रथुमको पर्यटकीय गन्तव्यको लागि आकर्षणको केन्द्र समेत बन्दै गएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ पुस २०८१, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्ड, माधव नेपाल र राजेन्द्र लिङदेनबिच छलफल
प्रचण्ड र माधवबीच भेटवार्ता
शान्ति प्रक्रिया राजनीतिक कारणले अड्कियो, सडकमा जाने तयारी गरौँ : प्रचण्ड
पूर्वउपराष्ट्रपतिलाई मैले पार्टीमा बोलाएको होइन, आफैँ आउन चाहनुभयो : प्रचण्ड
माओवादीमा भिन्न मत वा आलोचनाको स्वतन्त्रतालाई कुण्ठित गरिने छैन : प्रचण्ड
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ : ‘प्रचण्ड’