काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बिहीबार ७.३३ अंकले घटेको छ । बुधबार २५८५.८६ अंकमा बन्द भएको बजार बिहीबार २५८८.६२ अंकमा झरेको हो । बुधबार जस्तै बिहीबार पनि फाइनान्स उपसूचकमा ठूलो गिरावट आएको छ । यसका साथै बैंक, विकास बैंक, होटल तथा पर्यटन, लगानी, माइक्रोफाइनान्स, जीवन तथा निर्जीवन बीमा लगायत क्षेत्र रातो बनेपछि सेयर बजारमा गिरावट आएको हो ।
साताको अन्तिम कारोबार दिन जलविद्युत् ३, प्रशोधन उद्योग, म्युचुअल फन्ड र व्यापार उपसूचक मात्रै सीमान्त रूपमा बढेका छन् । फाइनान्स कम्पनीका लगाीकर्ताले यो क्षेत्रमा बढी जोखिम रहेको महसुस गरेर सेयर बिक्री गरिरहेको हुन सक्ने स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष्य सन्तोष मैनाली बताउँछन् ।
‘फाइनान्स उपसूचक धेरै नै बढेको थियो । तर, कर्णाली विकास बैंक समस्याग्रस्त भएपछि कमजोर फाइनान्स कम्पनीमाथि पनि अनुसन्धान भइरहेको रिपार्टहरू आएका छन्, त्यसले लगानीकर्ताहरू आत्तिएका हुन सक्छन्,’ उनले भने ।
फाइनान्स कम्पनीमध्ये पोखरा र जानकी फाइनान्समा नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । रिलायन्स फाइनान्सको सेयर पनि करिब ८ प्रतिशतले घटेको छ । त्यसबाहेक खानीखोला जलविद्युत३ कम्पनीको सेयर पनि ९ प्रतिशतले घटेको छ ।
समग्र बजार घट्दा पनि चार कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल, विन नेपाल लघुवित्त, मन्दाकिनी जलविद्युत् र अपर हेवाखोला जलविद्युत् सेयर १० प्रतिशतले बढेको छ ।
कारोबार रकमका हिसाबले भने सिन्धु विकास बैंकको सेयर सबैभन्दा बढी कारोबार भएको छ भने यसलाई एनआरएन र सानिमा मिडल तमोरले पछ्याएका छन् ।बुधबारको तुलनामा बिहीबार कारोबार रकममा सामान्य वृद्धि भएर ५ अर्ब ९३ करोड पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ माघ २०८१, १६ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो सेयर बजार
सेयर बजार घट्यो
यो साता १.९४ प्रतिशत बढ्यो सेयर बजार
२०८२ को पहिलो कारोबार दिन बढ्यो सेयर बजार
नेप्से परिसूचक आठ अङ्कले घट्यो
सेयर बजार २६७० अंकमा