काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार मध्यावधि निर्वाचनमा जाने तयारीमा रहेको ब्रिफिङ गरेका छन् ।
बुधबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा प्रचण्डले मध्यावधिमै जाने तयारीस्वरुप अहिले विभिन्न अध्यादेश जारी भएको बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ०८७ मा मात्रै संविधान संशोधन हुने अभिव्यक्ति दिएपछि सत्तारुढ कांग्रेसभित्र पनि असन्तुष्टि बढ्दै गएको ब्रिफिङको क्रममा भनेका छन् ।
‘सरकार अहिले ०८७ मा मात्रै हुन्छ भनेर केपी जीले भन्नुभयो । कांग्रेसभित्र अन्तरविरोध देखिइरहेको छ,’ प्रचण्डले विपक्षी दलको बैठकमा भनेका छन्, ‘यो सन्दर्भमा सरकारको मूल नेतृत्व मध्यावधिमा जाने लाइनमा छ । सरकार यसैमा अग्रसर छ ।’
बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले आफूहरू सरकारका गतिविधि नियालिरहेको र अब हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने निष्कर्षमा पुगेको सुनाए ।‘सरकारको भूमिका हामीले हेरिरहेका छौं । अब हस्तक्षेपकारी भूमिका निर्वाह गर्न पर्ने बेला भइसक्यो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले अनलाइनखबरसँग भने ।
उनले मध्यावधिको बारेमा अन्य धेरै कुरा चाहिँ व्याख्या गरेनन् । ‘कहाँ कहाँ भन्ने चाहीँ व्याख्या गरेनन् । त्यसैको सेरोफेरोमा यो अध्यादेश ल्याइएको हो । समयमै संसद् नबोलाएर अध्यादेश ल्याउनुको कारण पनि यही हो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ माघ २०८१, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रले नेतृत्व गरेका पालिका टाढैबाट चिनिने बनाउनुपर्छ : प्रचण्ड
इतिहासको रछ्यानमा मिल्काइएका तत्वले दिवासपना देख्दैछन् : प्रचण्ड
२०८४ सालमा कांग्रेस-एमालेले गठबन्धन गरुन् : प्रचण्ड
सरकारमा हुँदा हामीले जनयुद्धलाई राष्ट्रिय दिवसको मान्यता दियौं : प्रचण्ड
शहीदको बलिदानका कारण राजनीतिक परिवर्तन सम्भव भयो: प्रचण्ड
मलाई काँग्रेस-एमालेले होइन, भ्रष्टाचारी भू-माफियाहरूले प्रधानमन्त्रीबाट हटाएका हुन् : प्रचण्ड