काठमाडौं । नेपालका अर्बपति व्यवसायी विनोद चौधरीलले केन्याको नैरोबीमा साउदी अरेबियाका राजकुमारको लगानी रहेको लक्जरी होटल किनेका छन्। नैरोबीमा रहेको ‘फेयरमण्ट द नरफल्क’ र फेयरमण्ट द मारा सफारी क्लबको स्वामित्व चौधरी ग्रुपले खरिद गरेको हो।
साउदी अरेबियाका राजकुमार अल वालिड विन तलालले उक्त होटेलको स्वामित्व चौधरी ग्रुपलाई विक्री गरेका छन्। कोरोना महामारी शुरु हुनु अगाडि नै उक्त होटेल खरिद बिक्रीको डिल सम्पन्न भएको साउदी अरेबियाका मिडियाहरूले उल्लेख गरेका छन्।
साउदी राजकुमारले २.८ अर्ब केन्नियन सिलिङ करीब ३ अर्ब २० करोड रुपैयाँमा होटेलको स्वामित्व विक्री गरेका छन्। उक्त होटेलको स्वामित्व खरिद गरेपछि चौधरी ग्रुपले होटेल रिनोभेटको काम शुरू गरेको छ। चौधरीले एसिया र मध्यपूर्वी देशहरूमा लगानी विस्तार गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ जेठ २०७७, १५ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डक परियोजनासम्बन्धि भारतसँग भएका सम्झौता कार्यान्वयनका लागि पहल गर्न माग
उखुको समर्थन मूल्य छिटो तोक्न र मलको कोटा बढाउन सांसद विनोद चौधरीको माग
ममाथि प्रतिशोध साधेर स्टन्टको राजनीति गर्न खोजियो : विनोद चौधरी
राजनीतिक भाषणमा होइन, विकासको राजनीतिमा विश्वास गर्छु : विनोद चौधरी
बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीलाई बयानमा बोलाउँदै अख्तियार
विनोद चौधरीको बयान : सञ्चालक समितिले गरेको निर्णयमा हाम्रो परिवारको भूमिका छैन