गण्डक परियोजनासम्बन्धि भारतसँग भएका सम्झौता कार्यान्वयनका लागि पहल गर्न माग

सफल खबर संवाददाता

विहीबार, १३ मंसिर २०८१, १३ : २०
गण्डक परियोजनासम्बन्धि भारतसँग भएका सम्झौता कार्यान्वयनका लागि पहल गर्न माग

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले गण्डक सम्झौता अनुसार भारतीय पक्षसँग भएका सहमति कार्यान्वयनका लागि नेपालले पहल गर्नुपर्ने बताएका छन् ।

उनले गण्डक परियोजनासम्बन्धीमा नेपाल र भारतबीच भएका समझदारी कार्यान्वयनमा नआएकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै भारतीय पक्षसँग कुरा गर्न आग्रह गरेका हुन् ।

गण्डक परियोजनामा बढी प्रभावित जिल्लामध्ये पश्चिम नवलपरासीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य चौधरीले गण्डक सम्झौता कार्यान्वयनमा जोड दिएका हुन् । उनले ऊर्जा मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिचाई विभागलाई लिखित सुझाव दिएका हुन् ।

दश बुँदे सुझावमा उनले भनेका छन्, नेपालतर्फको विष्णुगञ्ज क्षेत्रतर्फको भूभाग केही अग्लो भएकाले नेपाली नहरको पानीले सिचाई सुविधा हुन नसकेको र भारत उत्तर प्रदेशतर्फ जाने भारतीय गण्डक मूल नहर सिचाइँ प्रणालीबाट एउटा आउटलेटको व्यवस्था गरी गण्डकको कमाण्ड एरियामा थप नौ सय ५० हेक्टर जमिनमा सिचाइँ सुविधा उपलब्ध हुने भएकाले सोको लागि भारतीय पक्षसँग अनुरोध गर्नुपर्ने ।’

नेपाल र भारतीय पक्षबीच गण्डक परियोजनाबारे नोभेम्बर अन्तिममा हुने भनिएको बैठकमा नेपालकातर्फबाट राख्नुपर्ने विषयवस्तुका बारेमा सांसद चौधरीले सरकारलाई लिखित सुझाव दिएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस