कर्ण थापाको पहलमा अनियन्त्रित वन फडानी रोक्न  निर्देशन

सफल खबर संवाददाता

शनिबार, १७ जेठ २०७७, ११ : ५७
कर्ण थापाको पहलमा अनियन्त्रित वन फडानी रोक्न  निर्देशन

काठमाडौँ । देशभर भइरहेको वैज्ञानिक वनको नाममा भएका अनियन्त्रित फडानी तत्कालै रोक्न नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले निर्देशन दिएको छ । 

नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापाको विशेष पहलमा देशका सातै प्रदेशमा लागू गरिएको वैज्ञानिक वनको नीति अन्तर्गत भएको अनियन्त्रित फडानी र कटानी कार्य तत्काल रोक्न मन्त्रीपरिषद्ले निर्णय गरेको हो । 

नेता थापाले वैज्ञानिक वनको नीति अमान्य भएको भन्दै यस्तो गतिविधि तत्काल रोक्न पहल गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन्। सोहि अनुरुप नेता थापाकै विशेष पहलमा विज्ञप्ति र आदेशपत्र जारी गर्दै मन्त्री परिषद्ले वैज्ञानिक वनको नाममा भएको अनियन्त्रित कटानी रोक्न निर्देशन दिएको हो । 
 

प्रतिक्रिया दिनुहोस