अध्यक्ष प्रचण्डसहित नेकपाका नेताहरु बालुवाटार पुगे

सफल खबर संवाददाता

शुक्रबार, २६ बैशाख २०७७, १२ : ५२
अध्यक्ष प्रचण्डसहित नेकपाका नेताहरु बालुवाटार पुगे

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरु बालुवाटार पुगेका छन् ।

कार्यकारी अध्यक्ष प्रचण्डसहित महासचिव विष्णु पौडेल, उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गरुङ, सचेतक शान्ता चौधरी, राष्ट्रियसभा संसदीय दलका नेता दीननाथ शर्मा, लगायतका नेताहरु बालुवाटार पुगेर छलफल गरेका हुन् ।

संसद बैठक सुरु हुनुअघि संसदीय दलको बैठक बस्ने परम्परा अनुसार नेताहरु बालुवटार पुगेर छलफल गरेका हुन् । नेकपाको संसदीय दलका नेता प्रधानमन्त्री केपी शर्मा ओली हुन् ।

प्रतिक्रिया दिनुहोस