काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा भिन्न मत वा आलोनाको स्वतन्त्रतााई कुण्ठित नगरिने बताएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘हामीले पार्टीमा जसले जे गरे पनि हुने स्थितिको अन्त्य गनुपर्दछ भन्ने सन्देश दिनै पर्नेछ । तर, अनुशासनको पालनाको सन्दर्भमा पद्धतिसम्मत गरिने बिचार अभिव्यक्ति भिन्न मत वा आलोचनाको स्वतन्त्रतालाई कुण्ठित गरिने हुँदैन र कुण्ठित गरिने पनि छैन ।’
पार्टी अनुशासनको पालनामा कडाइ गर्नु जुनसुकै तहको नेता कार्यकर्ता सदस्य भएत पनि पार्टीको विधि पद्धति र निर्णयको अनुशासनको उल्लघंन गर्नेमाथि अधिकारप्राप्त निकायले बिनाहिचकिचाहट भेदभावरहित हिसावबले अनुशासनको कारबाही गर्नु । यसका लागि अनुशासन आयोगलाई सक्रिय बनाउनु ।
कम्युनिस्ट पार्टीभित्रको अनुशासनलाइ मुलतः स्वेच्छिक अनुशासन भएको प्रचण्डले बताएका छन् । स्वेच्छिक अनुशासनको नाममा नाममा संगठनात्मक जीवनमा पालन गर्नुपर्ने अनुशासन उल्लंघन गर्नेले भने छुट नपाउने उनले बताए ।
पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयताको प्रभावकारी कार्यावयन रहेको उल्लेख गर्दै पछिल्लो समयमा यसमा समस्या देखा परेको बताएका छन् ।प्रचण्डले भनेका छन्, ‘अहिले पार्टी संगठनमा जनवादमा जोड दिंदै गर्दा पुँजीवादी जनवाद र अराजकताको अभ्यास मौलाउँदै गएको छ । साथै केन्द्रीयताको अभ्यास वास्तविक जनवादको जगमा आधारित नभएर नोकरशाही केन्द्रीयताको रुपमा अभिव्यक्त हुने गरेको छ ।’
यस्तो अभ्यासले राम्रो नगर्ने भन्दै उनले अगाडि भनेका छन्, ‘ हाम्रो पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयताको सट्टा सामान्य जनवादी पद्धति मुलतः पुँजीवादी जनवादमा खस्कँदै गएको संकेत गरेको छ ।’
उन्नत समाजवादी विचारधारात्मक एवम् सांस्कृतिक रुपमा मात्र औपचारिक एवम् भ्रष्टीकृत पुँजीवादी जनवादको स्थानमा सच्चा जनवादको अभ्यास सुनिश्चित सकिने उनको विश्वास छ । अगाडि भन्छन्, ‘मात्र बैचारिक केन्द्रीयतामा आधारित संगठनात्मक केन्द्रीयतासहितको संगठनात्मक सिद्धान्त र पद्धतिको पालना हुने स्थिति निर्माण गर्नुपर्दछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ पुस २०८१, १२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वउपराष्ट्रपतिलाई मैले पार्टीमा बोलाएको होइन, आफैँ आउन चाहनुभयो : प्रचण्ड
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ : ‘प्रचण्ड’
प्रचण्डको प्रश्न : 'भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा निष्ठापूर्वक जसरी जानुपर्ने हो गएका छौं त ?'
कानुन विपरीत भए फिर्ता ल्याइयोस्,सरकारलाई धन्यवाद भन्छु : प्रचण्ड
सामाजिक न्यायको झन्डा उठाउने मेरो प्रयास एकाथरीलाई मन परेको छैनः प्रचण्ड
झापा पुगेर प्रचण्डले खाए केराको पातमा मासुभात